भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
सोमबार, २२ पुस २०८१, १३ : ११
![भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण](https://npcdn.ratopati.com/media/news/154f45c3-b330-4f21-beff-5085200ca965.jpg_97VmMPWn99.webp)
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)का दुई संक्रमित फेला परेका छन् । नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ । सङ्क्रमित दुवै बालबालिका हुन् ।
तीन महिनाकी बालिकामा सङ्क्रमण देखिएको तर, उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । सोमबार बिहानै आठ महिनाको एक बच्चा पनि एचएमपीभी देखिएको बच्चाको बैंगलुरुको अस्पतालमा उपचार भइरहेको भन्दै समाचार आएको थियो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)