विभिन्न जिल्लामा लाखौँ बराबरको धनमाल चोरी

काठमाडौँ । झापा, दैलेख र स्याङ्जा जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
झापाको बिर्तामोड नगरपालिका-७ धौलापुल बस्ने शीतल प्रसाईँको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ, ३ तोला बराबरको सुनका विभिन्न गरगहना र सिसिटिभी क्यामेरा २ थान गरी करिब ६ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
यसै गरी दैलेखको भगवतीमाई गाउँपालिका-२ रूमस्थित श्री जनता माविको कार्यालयबाट कम्प्युटर १ थान लगायतका सामान गरी करिब ८० हजार रुपैयाँ र सोही ठाउँस्थित श्री जगनाथ प्रावि ढाड्गाउँबाट वाईफाई राउटर १ थान, क्यामेरा १ थान, साउण्ड सिस्टम १ थान गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
यता स्याङ्जाको वालिङ नगरपालिका-१३ बायाटारीस्थित शिशिर पाठकको घरमा सोही नगरपालिका-१२ बस्ने भीम लाल पराजुलीले सञ्चालन गरेको सिर्जना किराना पसलबाट नगद २० हजार रुपैयाँ र ४ तोला बराबरको सुनका विभिन्न गरगहना तथा सोही घरमा लक्ष्मी पाण्डेले सञ्चालन गरेको एन्जल स्टेशनरीबाट नगद १० हजार रुपैयाँ सोमबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ