गाजा युद्धलाई लिएर इजरायली सैनिकविरुद्ध विदेशमा १२ वटा उजुरी दायर
सोमबार, २२ पुस २०८१, १२ : ३७

तेल अभिभ । गाजामा युद्ध अपराधको आरोपमा इजरायली सैनिकहरूले विदेशमा उजुरी खेपिरहेका छन् । इजरायलको विदेश मन्त्रालयले बताएअनुसार इजरायली रक्षा बल (आईडीएफ)का सेनाहरू विरुद्ध कम्तीमा १२ वटा उजुरी दायर भएको भन्दै च्यानल १२ न्युजले आइतबार एउटा समाचारमा भनेको हो ।
सम्भावित मुद्दा मामिलाबाट बच्न कयौँ देशमा इजरायली सेनालाई देश छाड्न अनुरोध आइरहेको खबरकै बिचमा यो खबर आएको हो । गाजामा काम गरिसकेका एक इजरायली सेना मुद्दा मामिलाबाट बच्न आइतबार ब्राजिलबाट भागेको भन्दै सीएनएनले समाचार छापेको थियो ।
ब्राजिल, श्रीलंका, थाइल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, सर्बिया, आयरल्यान्ड र साइप्रस लगायत देशमा उजुरीहरू दायर भएका छन् । अधिकांश मामिलामा छानबिन सुरु नभएको र कसैलाई पनि पक्राउ नगरिएको बताइएको छ । ब्राजिलमा भने अवस्था कूटनीतिक सङ्कट नजिकै पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल