प्रचण्डको स्पष्टीकरण : कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् ।
उनले बरु बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए । ‘कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन’, प्रचण्डले भने, ‘सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ ।’
यस्तै प्रचण्डले बैठकप्रति क्रान्तिकारीहरुका साथै प्रतिक्रियावादीहरुको पनि ध्यान केन्द्रित रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको बैठकमा प्रतिक्रियावादीहरुले फुट भन्ने चाहेको भएपनि त्यसप्रति पार्टी सचेत रहेको बताए । यस्तै वामशक्तिहरुले माओवादीको बैठकबाट ठुलो आसा राखेको पनि बताए । यद्यपि पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला