'सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत'
सोमबार, २२ पुस २०८१, १२ : ११
!['सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत'](https://npcdn.ratopati.com/media/news/khagaraj_2wcUmjPpD6.jpg)
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारणसभामा बोल्दै अधिकारीले सरकारले अध्यादेशमार्फत ल्याएको यो व्यवस्था गलत भएको बताए ।
उनले बचतमा १० लाखको सीमा तोक्ने नभएर १० लाखभन्दा धेरै बचतको अनुगमन बढाउनुपर्ने बताए । उनले सहकारीमा कार्यक्षेत्रको कुरा गरेर घुस खाने प्रवृत्तिलाई बढाएको समेत बताए । उनले गण्डकी प्रदेशमा सहकारीको कार्यक्षेत्र विस्तार गरिदिएबापत ३ करोड घुसको खाएको पाइएको भन्दै अहिलेको व्यवस्थाले यसलाई फेरि बढवा दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह