मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

माओवादीको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरू

सोमबार, २२ पुस २०८१, १२ : ०५
सोमबार, २२ पुस २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ । धुम्बाराहीमा एकघण्टा ढिलो गरी बैठक सुरु भएको हो । 

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक सदस्यलाई तीनरतीन मिनेटको समय दिइएको छ ।

बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ प्रचण्डले दिएपछि पुस २४ गते मरिमार्जन सहित प्रतिवेदन पारित हुने गजुरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप