मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु
सोमबार, २२ पुस २०८१, ११ : ४०

मेक्सिको सिटी । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ ।
ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए ।
यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।
नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हानाहान भएको थियो । सो घटनामा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा