मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम

सोमबार, २२ पुस २०८१, १० : ३८
सोमबार, २२ पुस २०८१

काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप