पार्टीभित्र बढ्दो विरोधसँगै ट्रुडोले देलान् राजीनामा ?
सोमबार, २२ पुस २०८१, १० : १०
ओट्टावा । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले पार्टीको जिम्मेवारीबाट राजीनामा दिने विश्लेषण गर्न थालिएको छ । ट्रुडोले छिट्टै लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिन सक्ने बताइएको हो ।
क्यानडाको द ग्लोब एन्ड मेल पत्रिकाले आइतबार एउटा समाचारमा यस्तो दाबी गरेको हो । खबरका अनुसार टु«डोले आगामी एक दुई दिनभित्रै राजीनामा दिन सक्नेछन् । हालैका दिनमा ट्रुडोको लोकप्रियता तीव्र गतिमा ओरालो लागिरहेको छ ।
पार्टीभित्रै पनि उनले विरोधको सामना गरिरहेका छन् । आगामी चुनावमा पियरे पोइलिएभरेको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टी सत्तामा आउन सक्ने दाबी विभिन्न जनमत सर्वेक्षणहरूले गरिरहेका छन् । ट्रुडोले कहिले राजीनामा दिने भन्ने निर्णय भइनसकेको तर बुधबार बस्ने राष्ट्रिय ककसको बैठकअघि उनले आफ्नो पद छोड्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते