उपसभामुख‚ महासचिव लगायतविरूद्ध परेका उजुरीबारे राज्य व्यवस्था समितिमा आज छलफल
सोमबार, २२ पुस २०८१, ०९ : ३५

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुँदैछ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार समितिमा ६० भन्दा बढी उजुरी परेको र उक्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिने छ ।
‘आएका उजुरीहरू कुन हाम्रो अधिकार भित्र पर्छन् पर्दैनन् त्यसबारे सामान्य छलफल हुन्छ । उजुरीलाई कसरी सम्बोधन गरेर जाने विषयमा पनि हामी छलफल गर्छौँ‚’ उनले भने ।
सभापति खतिवडाका अनुसार समितिमा उपसभामुख इन्दिरा राना मगर‚ संसद् महासचिव पद्यप्रसाद पाण्डे‚ एआइजी श्याम ज्ञवाली लगायतका विरुद्ध उजुरी परेको छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै, यस्ता छन् कार्यक्रम
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने