एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सोमबार, २२ पुस २०८१, ०९ : १३

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण