म्यान्चेस्टर युनाइटेडले लिभरपुलसँग खोस्यो अंक
सोमबार, २२ पुस २०८१, ०२ : ५८

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई धक्का लागेको छ । आइतबार राती म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकेसँगै घरेलु मैदानमा स्पष्ट जित हासिल गर्ने लिभरपुलको योजनामा धक्का पुगेको हो ।
म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई २-२ को बराबरीमा रोकेर अंक खोस्यो । उसका लागि मार्टिनेज र दियालोले एक–एक गोल गरे । लिभरपुलका लागि गाकपो र सालाहले गोल गरे ।
यो बराबरीले म्यान्चेस्टर युनाइटेडलाई सामान्य राहत भएको छ भने लिभरपुलको जम्मा एक अंक थप भएको छ । शीर्ष स्थानको लिभरपुलको ४६ अंक छ । आइतबार राती भएको अर्को खेल पनि २-२ को बराबरीमा टुंगिएको छ । फुलहम र इप्सविच टाउनले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार