१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. एक खर्ब बजेट लाग्ने अनुमान
पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि रु ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको छ । आइतबार प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकमा सो अनुमाति बजेट प्रस्तुत गरिएको हो ।
२. रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता
सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा मुद्दा दायर भएको हो ।
३. चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको द्दामा फैसला
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभामा निलम्बित सांसद दीपक मनाङेविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको फैसलामा कुख्यात किलर चार्ल्स शोभराजको मुद्दालाई कोट गरेको छ । सर्वोच्च अदालतले मनाङेविरुद्ध सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।
४.भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन् । आइतबार सुरु भएको बैठकमा २७ जनाले आफ्नो धारणा राखेका छन् ।
६. किचिएर मरिएला कि भन्ने डर भयो !
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी केन्द्रीय समिति बैठकको अनुभूतिबारे रोचक टिप्पणी गरेका छन् । बैठकको भद्रगोल र भिडभाडलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकमा किचिएर मरिएला कि भन्ने डरु भएको टिप्पणी गरेका हुन् ।
७. युट्युबर मनोज मानव फेरि पक्राउ
युट्युबर मनोज मानव उर्फ मनोजकुमार महतोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । यसअघि पनि पक्राउ परेका उनी केही दिनमा रिहा भएका थिए । उनलाई प्रहरीले पुस १९ गते अभद्र व्यवहारसम्बन्धी कसुरमा फेरि पक्राउ गरेको हो ।
८. सर्वेन्द्र खनालले छाडे एमाले
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
९. रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल
राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ । सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
१०. प्रधान न्यायाधीश र न्यायाधीशको मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चको आदेश
प्रधान न्यायाधीश र न्यायाधीशको मर्यादाक्रम निर्धारण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तथा संवैधानिक अंगहरू समेतको शक्ति पृथकीकरणको सिद्धान्त तथा ती निकायहरूको स्वतन्त्रता एवं मर्यादालाई समेत ध्यानमा राखी मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चले भनेको छ ।
११. मासिँदै गए रैथाने बाली
खेत–बारीमा विदेशी बीउको राज बढ्दै जाँदा रैथाने बाली मासिँदै गएका छन् । यस सम्बन्धमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ–
१२. एकताका लागि वार्ता गर्न लोसपाले बनायो समिति
लोकतान्त्रिक समाजवादी पार्टीले पार्टी एकताका लागि वार्ता गर्न समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो
-
केन्द्रीय समिति बैठकमा बोल्न प्रचण्डले दिए जनार्दनलाई ‘विशेष समय’
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा