तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख घिमिरे पठन संस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने बताए ।
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आउँदा आफूले कल्पना गरेको भन्दा निकै भव्य र सभ्य भएको सभामुख घिमिरेले बताए । यस्ता मेला महोत्सवलाई राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।
समापन कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले राज्यले यस्ता कार्यक्रमहरूको अपनत्व लिनु पर्नेमा व्यवसायीले अपनत्व लिएको बताउँदै व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरे । राज्यले यस्ता कार्यक्रमहरूको अगुवाइ लिन सकेमा देशले गति लिने बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा भएको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ को आयोजना गरिएको हो ।
यस अवसरमा नेपालमा पहिलो पटक राइट टेबल म्याच मेकिङ कार्यक्रम भएको छ । यस कार्यक्रम अन्तर्गत ११ वटा लेखक तथा प्रकाशकहरूबिच सम्झौता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ अध्यक्ष शिव सागरले बताए । प्रदर्शनीमा १३ देशका एक सय पचास भन्दा बढी प्रकाशक,लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामग्री उत्पादकहरू सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट