काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
आइतबार, २१ पुस २०८१, २३ : ०६

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको एउटा रुममा विद्युत सर्ट भई आगलागी भएको छ । अदालतको इजलास नम्बर १९ मा विद्युत सर्ट भई शनिबार आगलागी हुँदा कुर्सी र टेबल समेत जलेर ध्वस्त भएको अदालतको प्रशासन शाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
साथै प्रशासन शाखाले अदालतमा कार्यरत सबै कर्मचारीहरुलाई आफ्नो काम सकिएपछि अनिवार्य रुपमा बत्तीको लाइन अफ गर्न समेत आग्रह गरेको छ । साथै कुनै फाँट वा ईजलासमा यस प्रकारका घटना पुनः दोहोरिएमा सम्बन्धित कर्मचारी नै उक्त घटनाको जिम्मेवार हुने चेतावनी समेत सो शाखाले दिएको छ ।