पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव

काठमाडौँ । पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाले नेपालको पर्यटन विकास र विस्तारका लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति सहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न सङ्घ संस्थाले नेपालको पर्यटन विकास र विस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति सहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका हुन् ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई धन्यवाद व्यक्त गरेका छन् । यो विधेयक संसद्ले पास गरे युरोपबाट नेपालमा पर्यटकको वृद्धि हुने उनको भनाइ थियो । पर्यटनको विकासका लागि पर्यटन बोर्डमार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रवर्द्धन गर्न पनि सुझाव दिएका छन् ।
यस्तै लुक्लामा हेलिकोप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ थियो । छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नीतिगत सुधारमा सहयोग गर्न समेत आग्रह गर्न थियौँ । हरेक महिना यस्ता छलफल गर्ने समेत सहमति भएको छ ।