विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको राष्ट्रिय परिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक बसेको प्राधिकरणका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा कार्यकारी समितिको बैठक पनि बसेको थियो । बैठकको निर्णय सार्वजनिक गर्न प्राधिकरणले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।
मध्यान्ह सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा निर्णय सार्वजनिक गरिने ती अधिकृतले जानकारी दिए । कार्यकारी समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निमाणलाई तीव्रता दिने बताएका थिए ।
डोटी, बाजुरा, बझाङ र जाजरकोटको भुकम्प तथा बाढीपहिरोको क्षतिको मूल्याङ्कन भएको ठाउँमा पुनर्निमाणको काम अघि बढाउने निर्णय गरिएको मन्त्री लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]