मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा

आइतबार, २१ पुस २०८१, २२ : ००
आइतबार, २१ पुस २०८१

आज २०८१ पुस २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एमाले केन्द्रीय समिति बैठक : भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डको आक्रोश, रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि मुद्दा दर्ता, चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङ्को मुद्दामा फैसला, युट्युबर मनोज मानव फेरि पक्राउ, सर्वेन्द्र खनालले छाडे एमाले लगायत छन् ।

१. एमाले केन्द्रीय समिति बैठक : भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन् । आइतबार सुरु भएको बैठकमा २७ जनाले आफ्नो धारणा राखेका छन् ।

२. माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डको आक्रोश
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुटबन्दी र अराजकता बढेको भन्दै आक्रोश पोखेका छन् ।

३. रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि मुद्दा दर्ता
सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा मुद्दा दायर भएको हो ।

४. चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङ्को मुद्दामा फैसला
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभामा निलम्बित सांसद दीपक मनाङेविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको फैसलामा कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको मुद्दालाई कोट गरेको छ । सर्वोच्च अदालतले मनाङेविरुद्ध सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । 

५. युट्युबर मनोज मानव फेरि पक्राउ
युट्युबर मनोज मानव उर्फ मनोजकुमार महतोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । यसअघि पनि पक्राउ परेका उनी केही दिनमा रिहा भएका थिए । उनलाई प्रहरीले पुस १९ गते अभद्र व्यवहारसम्बन्धी कसुरमा फेरि पक्राउ गरेको हो ।

६. सर्वेन्द्र खनालले छाडे एमाले
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

७. रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल
राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ । सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । 

८. प्रधान न्यायाधीश र न्यायाधीशको मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चको आदेश
प्रधान न्यायाधीश र न्यायाधीशको मर्यादाक्रम निर्धारण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तथा संवैधानिक अंगहरू समेतको शक्ति पृथकीकरणको सिद्धान्त तथा ती निकायहरूको स्वतन्त्रता एवं मर्यादालाई समेत ध्यानमा राखी मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चले भनेको छ ।

९. मासिँदै गए रैथाने बाली
खेत–बारीमा विदेशी बीउको राज बढ्दै जाँदा रैथाने बाली मासिँदै गएका छन् । यस सम्बन्धमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ–

१०. एकताका लागि वार्ता गर्न लोसपाले बनायो समिति
लोकतान्त्रिक समाजवादी पार्टीले पार्टी एकताका लागि वार्ता गर्न समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप