मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा

आइतबार, २१ पुस २०८१, २१ : २३
आइतबार, २१ पुस २०८१

काठमाडौँ । अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा आयोजना हुने भएको छ ।  नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।

वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरी जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो । 

यसमा देशैभरिबाट आवेदन परेका डान्सरहरुले विभिन्न चरण पारगर्दै विजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ । विजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका विजेताहरूबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा सहभागी हुने टिमहरूलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समूहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ वर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ वर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् । सहभागी तीन डिभिजनकै विजेताले एक÷एक लाख नगद पुरस्कार पाउनेछन् ।

यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ ।

सिनिअर टिम डिभिजन र सुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । 

आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरूलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । 

शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागी नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरूलाई शुभकामना दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप