माओवादीका सबै पदाधिकारीले फागुन १ गतेभित्र सम्पत्ति सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका छन् । आइतबारदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् ।
आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने गरी उनले प्रस्ताव ल्याएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।
‘पार्टी रुपान्तरण भनेका छौँ । केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक छ । पदाधिकारी तहका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरेर जाने प्रस्ताव ल्याउनु भएको छ, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि सम्पत्ति सार्वजनिक गर्ने भनिएको छ । सबै नेताहरूको सम्पत्ति केन्द्रीय कार्यालयमा अडिट गराउने र आवश्यक पर्दा सार्वजनिक गर्ने प्रस्ताव ल्याउनु भएको छ । त्यसका लागि फागुन १ गतेसम्मको डेट लाइन दिनुभएको छ । यति मात्र नभई सबै नेताहरूको आयस्रोत के हो ? कसरी बाँचेका छन् भन्ने विवरण दिने प्रस्ताव छ’, उनले जानकारी दिए ।
खनालले मूलभूत रूपमा पार्टीको तत्कालीन समस्या समाधानका लागि प्रचण्डको प्रस्ताव ठिक भएपनि अझै संश्लेषण हुन जरुरी रहेको बताए ।
‘वैचारिक र कार्ययोजनाको हिसाबले प्रचण्डको प्रस्ताव ठिकै छ । आन्तरिक वैचारिक बहसलाई पनि सम्बोधन गर्न खोजिएको जस्तो देखिन्छ । तर सांगठनिक प्रतिवेदन माझिने किसिमले आएको छैन । हामी जहिले पनि लेनिनकालीन संगठनात्मक सिद्धान्त भनेर हुँदैन’, उनले भने, ‘नेपालको परिवेशमा फरक ढंगले सोच्नुपर्छ । कार्यनीति निर्वाचन मुख्य हो । निर्वाचनमा जाने नयाँ ढंगले गर्नुपर्छ । नेपालको सन्दर्भ बहस गर्नुपर्छ । अहिलेको कार्यनीति निर्वाचन भएकाले त्यसै अनुसार हुनुपर्छ । विगतका शुद्धता मात्र खोजेर हुँदैन ।’
यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा प्रस्तावमा तिथि मिति नतोकिएको उनको भनाइ छ । आयोजक समितिमा परिणत गरेर जाने विषयमा केन्द्रीय समिति बैठकलाई जिम्मा दिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला