प्रादेशिक थोक बजारमा मन्त्रालय राखिएकोमा हेटौंडा उपमहानगरको आपत्ति
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले निर्माणाधीन प्रादेशिक थोक बजारमा मन्त्रालय राखिएकोमा आपत्ति जनाएको छ । हेटौंडा उपमहानले वार्षिक समीक्षा तथा आगामी कार्यादेश सम्बन्धमा जनप्रतिनिधिहरूसँग गरेको छलफलमा हेटौंडाको लागत साझेदारीमा निर्माण भइरहेको भवनमा मन्त्रालय राखिएकोमा आपत्ति जनाएको हो ।
आइतबार बिहान चितवनको सौराहामा भएको छलफलले प्रदेश सरकारसँग लागत साझेदारीमा निर्माण गरिएको हेटौंडा–११, थानाभर्याङस्थित निर्माणाधीन फलफूल तथा तरकारीको थोक बजारमा मन्त्रालय स्थापना गरिएको प्रति ध्यानाकर्षण गराइएको हेटौंडा उपमहानगरका अधिकृत भीम तिमल्सिनाले जानकारी दिए । कृषकका उपजको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको छलफलको निष्कर्ष रहेको उनले बताए । निर्माण कार्य पूरा गरेर उपमहानगरपालिकामार्फत थोक बजार सञ्चालन गर्नुपर्ने छलफलको निचोड रहेको उनको भनाई छ ।
छलफलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार खण्डको सडक विस्तार, १०० भन्दा कम संख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई गाभेर ठुलो विद्यालय बनाउने, अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय भएको अधिकृत तिमल्सिनाले बताए ।
छलफलमा गुणस्तरीय पूर्वाधार निर्माणसँगै बजार क्षेत्रको विद्युतीय लाइनलाई भूमिगत गर्न आवश्यक रहेको जनप्रतिनिधि सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता