एकताका लागि वार्ता गर्न लोसपाले गठन गर्यो समिति

काठमाडौँ । सत्ताधारी दल नेपाली कांग्रेस–नेकपा एमालेले संविधान संशोधन गर्ने भएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् ।
त्यसका लागि विभिन्न दलसँग वार्ता गर्न पार्टीहरूले धमाधम समिति गठन गर्न थालेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
समितिको सदस्यमा उपाध्यक्षहरु उमाकान्त झा, रामप्रकाश चौधरी, महासचिवहरु डा.सुरेन्द्रकुमार झा र मनिषकुमार मिश्र रहेका छन् ।
विभिन्न संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि विभिन्न राजनीतिक शक्तिबिच सहकार्य तथा कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले जनाएको छ ।
यसैगरी, यसअघि अशोक राई नेतृत्वको जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । त्यस्तै, ह्रदयश त्रिपाठी नेतृत्वको जनता समाजवादी पार्टीले पनि यसअघि पार्टीका उपाध्यक्ष डा.शिवजी यादवको नेतृत्वमा समिति गठन गरेको छ । त्यसमध्ये सबभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
जनता प्रगतिशील पार्टीले गठन गरेको वार्ता समितिले एक चरण सबै पार्टीसँग संवाद गरिसकेको छ । त्यो संवादपछि सबै दलहरूले आ–आफ्नो पार्टीमा वार्ता समिति गठन गरिरहेका छन् । वार्ता र संवादपछि केही दिनमै सहकार्यका लागि मोर्चाको घोषणा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश