मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

पोखरेलको ठगी प्रकरण : अदालतको फैसला पुगेपछि मोरङ प्रहरीले थाल्यो अनुसन्धान

आइतबार, २१ पुस २०८१, १८ : ३९
आइतबार, २१ पुस २०८१

विराटनगर । ठगी गरी आपराधिक लाभ लिएको आरोप लागेका नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेलविरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको हो । 

उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आइतबार दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए ।  प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ,’ डिएसपी जोशीले भने, ‘घटना विषयमा अनुसन्धान सुरु भएको छ ।  हाम्रोले पीडितसँग पनि कुरा भएको छ ।’

आइतबार उच्च अदालत विराटनगरले पनि जिल्ला प्रहरी कार्यालयलाई फैसलाको जानकारी गराएको छ । चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो । 

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप