पोखरेलको ठगी प्रकरण : अदालतको फैसला पुगेपछि मोरङ प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । ठगी गरी आपराधिक लाभ लिएको आरोप लागेका नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेलविरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको हो ।
उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आइतबार दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए । प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ,’ डिएसपी जोशीले भने, ‘घटना विषयमा अनुसन्धान सुरु भएको छ । हाम्रोले पीडितसँग पनि कुरा भएको छ ।’
आइतबार उच्च अदालत विराटनगरले पनि जिल्ला प्रहरी कार्यालयलाई फैसलाको जानकारी गराएको छ । चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो ।
नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन