भाडा नतिरेपछि घर मालिकले उखेलेर लगे घरको ढोका र झ्याल
![भाडा नतिरेपछि घर मालिकले उखेलेर लगे घरको ढोका र झ्याल](https://npcdn.ratopati.com/media/news/capture_R5PjxFPZvZ.png)
पेरिस । फ्रान्समा जाडो मौसममा घर भाडामा बसिरहेका मानिसहरूलाई निकाल्न पाइन्न । फ्रान्समा मात्रै होइन अधिकांश युरोपेली देशमा यही नियम छ ।
भाडामा बस्नेले भाडा तिरेनन् भने पनि उनीहरूलाई घरबाट निस्केर जा भन्न मिल्दैन । तर उत्तरी फ्रान्सको पास–डी–कलाइसमा एक जना घर मालिकले भने यो समस्याको अनौठो उपाय निकालेका छन् ।
लामो समयदेखि घर भाडा नतिरेका भाडावालहरूलाई सिधै निस्केर जाऊ भन्दा कानुनी झमेलामा फसिने भएकोले ती घर मालिकले घरको झ्याल र ढोका सबै निकालिदिए ।
डिसेम्बर २० मा कामदारहरूको एउटा समूह आएर झ्याल र ढोका निकाल्न थाले । सुरुमा त उनीहरूले झ्यालकोका फेर्न त्यसो गरेको बताएका थिए । तर निकालिसकेपछि पुराना झ्याल र ढोका कारमा हालेर उनीहरू भागेको भाडामा बस्नेको गुनासो छ ।
यस घटनापछि उक्त घरमा बस्ने महिलाले घर मालिकलाई भेट्न खोजिन । तर केही गर्दा पनि भेट्न सकिनन् । अरू उपाय केही नभएपछि महिलाले झ्याल र ढोका भएको ठाउँमा कार्डबोर्ड राखिन् ।
बलियो झ्याल ढोका नभएकोले चोर पस्छ कि भन्ने डरले महिला चौबिसै भन्टा घरमै बस्न थालेकी छिन् । फ्रान्सेली सञ्चार माध्यमले यस घटनाबारे सोध्दा घर मालिकले आफैँले घरको झ्याल ढोका निकाल्न लगाएको भनेका छन् ।
पाँच महिनाको घर भाडा नदिएको घरको बिमाको रकम मिलेर तिर्ने सहमति तोडेकोले आफूले त्यस्तो कदम चालेको घरधनीले बताएका छन् । तर यस्तो जाडोमा झ्याल ढोकै निकालेर भाडामा बस्नेलाई घर छाड्न यसरी बाध्य पारिनु गैर कानुनी भएको फ्रान्सको घर मालिकहरूको सङ्गठनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत