कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अप्ठ्यारो तिर धकेलिरहेको छ : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अप्ठ्यारो स्थिति तिर धकेलिरहेको टिप्पणी गरेका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक परियारले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरेअनुसार काम गर्न नसकेको टिप्पणी गरे । उनले जनताले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताए । उनले वर्तमान सरकारले एक ठाउँमा आउनुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जाने टिप्पणी गरे ।
उनले भने, ‘अहिलेको स्थिति अप्ठ्यारो छ, आशा लाग्दो छैन । संसदका पहिलो र दोस्रो ठुलो पार्टी मिलेर सरकार बनाउनुभएको छ । त्यो सरकारले सञ्चार गर्नुपर्ने कुराहरू जति आशा लाग्दा हुनुपर्ने त्यस्तो भइरहेको छैन । उहाँहरू के मा अलमलिनुभएको छ । के मिलिरहेको छैन । त्यसो हुनुन्थ्यो ।’
मुख सचेतक परियारले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताए । उनले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निष्पक्ष फैसला गर्नेमा पूर्णरुपमा पार्टी विश्वस्त रहेको बताए । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ