अचानक ट्रम्पलाई भेट्न किन गइन् इटालीकी प्रधानमन्त्री मेलोनी ?

वासिङ्टन डीसी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी आइतबार अचानक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेकी छिन् ।
ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्न २ हप्ता मात्रै बाँकी रहेको समयमा मेलोनीको यो भ्रमण भएको हो । अर्को रोचक कुरा चाहिँ के छ भने अबको केही दिनमै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन इटालीको औपचारिक भ्रमणमा जाँदैछन् । यस भ्रमणमा बाइडेनले प्रधानमन्त्री मेलोनी र पोप फान्सिसलाई भेट्दैछन् ।
ट्रम्पसँगको आफ्नो राम्रो सम्बन्धलाई मेलोनीले युरोप र अमेरिकाबीच सम्भावित व्यापार युद्ध रोक्न प्रयोग गर्न सक्ने आशा उनको सहयोगीहरूले गरेका छन् । यस भेटवार्ताका क्रममा मेलोनीले ट्रम्पसँग इरानबारे पनि छलफल गरेको बताइएको छ । इटालीकी पत्रकार सेसिलिया सालालाई हालै इरानमा कानुन उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो ।
हालै इटालीले मोहम्मद अबेदिनी नामका एक इरानी व्यापारी पक्राउ गरेको थियो । अमेरिकाको आग्रहमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि अमेरिकी प्रतिबन्धका बाबजुद इरानलाई ड्रोन नेभिगेसन टेक्नोलोजी आपूर्ति गरेको आरोप लागेको छ । यसैको प्रतिकारमा इरानले सेसिलिया सालालाई पक्राउ गरेको मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग