मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा फेरि पौडेल, यस्तो छ नयाँ सञ्चालक समिति

आइतबार, २१ पुस २०८१, १६ : ०९
आइतबार, २१ पुस २०८१

काठमाडौं । राष्ट्रियस्तरको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । शुक्रबार बसेको बैंकको साधारणसभामा सञ्चालक निर्वाचित भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । 

नयाँ सञ्चालक समितिमा ई. सुरज उप्रेती, वीरेन्द्र भुसाल, वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराई समेत छन् । त्यसमध्ये अध्यक्ष पौडेल, उप्रेती र भुसाल संस्थापक सेयरधनी तथा विष्ट, भण्डारी र भट्टराई साधारण सेयरधनीका तर्फबाट हुन् ।

यसअघि २०७७ सालमा पनि पौडेल अध्यक्ष बनेका थिए । उनीसँगै  ई. उप्रेती, विष्ट पनि सञ्चालकमा दोहोरिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप