झिल्टुङ क्रसकन्ट्री दौडको नवौँ संस्करण माघ ५ गते
काठमाडौँ । झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको नवौँ संस्करण आगामी माघ ५ गते आयोजना हुने भएको छ । दौड नुवाकोटीको बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारमा बिहान ९ः३० बजे सुरु हुने जानकारी आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
प्रतियोगिताको आयोजना बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५ ले गरेको हो । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालले संयोजन र प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा विभिन्न स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितामा महिला र पुरुषको १३.५ किलोमिटर खुला दौड तथा स्थानीयको १३.५ किलोमिटर खुला दौड समावेश गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । महिला र पुरुषको खुला दौडमा पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः २० हजार, १३ हजार तीन सय ३४ र ६ हजार ६ सय ६७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
स्थानीयको १३.५ किलोमिटर खुला दौडमा माथिल्लो तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः १३ हजार तीन सय ३४, नौ हजार तीन सय ३४ र ६ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा १६ वर्षमुनिका छात्र–छात्राको ४.५ किलोमिटर दौड पनि समावेश गरिएको छ ।
उक्त स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः आठ हजार, पाँच हजार तीन सय ३४ र दुई हजार दुई सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ वर्ष मुनिको स्थानीय जुनियर छात्र तथा छात्रा दौड पनि समावेश गरिएको छ ।
उक्त स्पर्धामा माथिल्लो तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः आठ हजार, पाँच हजार तीन सय ३४ र दुई हजार दुई सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्षमाथिका स्थानीयको लागि पुरुष ४.५ किलोमिटर दौड पनि समावेश गरिएको छ । उक्त स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार तीन सय ३४ र दुई हजार दुई सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ४५ वर्ष माथिको भेट्रान पुरुष १३.५ किलोमिटर खुला दौड पनि समावेश गरिएको छ । उक्त स्पर्धामा पहिलो हुनेले १० हजार ६ सय ६७, दोस्रो हुनेले आठ हजार र तेस्रो हुनेले पाँच हजार तीन सय ३४ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा स्थानीय आमा समूहका लागि ४.५ किलोमिटर दौड पनि समावेश गरिएको छ । उक्त स्पर्धामा पहिलो हुनेले १६ हजार, दोस्रो हुनेले १० हजार ६ सय ६७ र तेस्रो हुनेले आठ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसका अतिरिक्त प्रतियोगितामा स्थानीय ज्येष्ठ नागरिकहरूका लागि पुरुष तथा महिला वाक स्पर्धा पनि समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुन्छः गृहमन्त्री
-
बार अध्यक्षको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा पेसी
-
तीन दिनयता सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
-
‘अहिलेको एमाले नेतृत्व लिन मात्र तयार छ, दिन छैन’
-
‘केपी ओलीले माधव नेपालमाथि नै कैँची चलाए’
-
चीनको सेनासँग काम गर्ने कम्पनीको सूचिमा अमेरिकाले राख्यो टेन्सेन्टलाई