साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो

काठमाडौँ ।साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ ।
आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ ।
कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई