हृदयाघातबाट पालिका कर्मचारीको निधन
आइतबार, २१ पुस २०८१, १४ : ५३

मान्म । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक : मन्त्री दाहाल
-
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
-
अप्रत्याशित रूपमा शिक्षामन्त्रीको राजीनामा किन आयो ? प्रधानमन्त्रीले दिए यस्तो जवाफ
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ