ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको दाउपेचका कारण नयाँ राजनीतिक कोर्ष
_W00iSrzQf0.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक दाउपेच, अवसरवाद र अस्थिर सोचका कारण उनीसँगको सहकार्य टुटेको बताएका छन् ।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डमा हावी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचका कारण राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा भरोसा जगाउने पार्टीको इमान्दार प्रयाश सफल हुन नसकेको जिकिर गरेका छन् । प्रचण्डकै कारण गतः असारदेखि नयाँ राजनीतिक यात्रा प्रारम्भ भएको उनको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा नयाँ राजनीतिक यात्राको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू, मुलुकको राजनीतिमा देखा परेका नयाँ चुनौती, बदलिँदो विश्व परिवेश र भूराजनीति तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि पार्टीले गर्नु पर्ने कामहरूको प्राथमिकतामा केन्द्रित रहेर गंभीर छलफल हुने ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव