गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई भने दियो अनुमति

काठमाडौँ । भारतले विश्वमा गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ ।
शनिबार एक सूचना जारी गर्दै नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जानकारी दिएको वाणिज्य सचिव गोविन्द कार्कीले रातोपाटीलाई बताए ।
Upon our request, the GoI has allowed us to import two lakh tonnes of wheat through the National Cooperative Exports Limited.
— Dr. Shankar P Sharma (@DrShankarSharma) January 5, 2025
India has otherwise banned wheat exports.
On our side, Nepal has not been able to meet the demand with its domestic production of wheat. pic.twitter.com/yiL1FQCxZY
‘हामीले माग गरेको परिमाण पठाएको छ । अन्य मुलुकमा भने निर्यात बन्द नै छ,’ कार्की भन्छन् । नेपालले ६ महिनाअघि भारतलाई उक्त परिमाणको गहुँ आयातका लागि माग गर्दै पत्र पठाएको कार्कीले बताए । सोहीअनुसार नेपालमा उक्त परिमाणमा गहुँ आयातका लागि खुला गरेको हो ।
भारतले २३ मे २०२२ (२०७९ वैशाख ३० गते) गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतले कोटामार्फत नेपालमा भने गहुँ निर्यात गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन