मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश

आइतबार, २१ पुस २०८१, १४ : १४
आइतबार, २१ पुस २०८१

काठमाडौँ । काठमाडौँमा अवस्थित  पानीपोखरीमा रहेको इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश गरेको छ । शनिबार सेन्टरमा आयोजित बार्षिकोत्सव समारोहमा प्रतिनिधिसभा सांसद कल्पना मिया कुसारी, इन्दिरा आईभीएफका संस्थापक डा. अजय मुर्दिया, र इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा.नेहा होमगाईले संयुक्त रुपमा केक काटेका थिए ।

सो अवसरमा बोल्दै सांसद कुसारीले निसन्तान दम्पत्तीका लागि आईभीएफ सेन्टर बरदान भईरहेको भन्दै इन्दिरा आईभीएफले उपलव्ध गराएको सेवाको प्रसंसा गरिन् । उनले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन् ।

आईभीएफका संस्थापक डा.मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए । उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ठ सेवा दिन सफल भएको बताए ।

इन्दिरा आईभीएफ पानी पोखरीका प्रमुख डा होमगाईँले आफूकहाँ आएका केशहरुमा औषत रुपमा ८५ प्रतिशत बढी सफलता मिलेको बताईन । सो अवसरमा उनले सानो प्रस्तुतिकरण समेत दिएकी थिइन् । जसमा गुणस्तरीय सेवा प्रदान गर्न इन्दिरा आईभीएफले अपनाएका विधि समेत उल्लेख थियो ।

इन्दिरा आईभीएफको शाखा नेपालमा भित्र्याउने सञ्चालक उमेश अग्रवालले एक वर्षको अवधीमा दिन सकेको सेवा र आर्जन गरेको विश्वासले आगामी दिनमा थप सेवा गर्ने मौका पाउने बताए । उनले सेवामा खटिने आफ्ना कर्मचारी तथा नेपालमा शाखा खोल्न राजी हुने डा मुर्दिया लगायतलाई धन्यवाद दिए ।

प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन् । नेपालमा सन् २००५ मार्च १३ मा अर्थात् २०६१ साल फागुन २० गते आईभीएफ प्रविधिमार्फत पहिलो बच्चाको जन्म भएको थियो । पछिल्लो समय यो पद्धतिमार्फत लाखौँ दम्पतीले सन्तान प्राप्त गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप