युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते

क्रेमलिन । रुसको कब्जामा रहेको उत्तर युक्रेनी सहर दोनेत्स्कमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परेर एक जना रुसी पत्रकारको मृत्यु भएको छ ।
रुसको सरकारी पत्रिका इज्भेस्तियाले बताएअनुसार यस घटनामा उसको फ्रिलान्स पत्रकारको मृत्यु भएको हो । युक्रेनी सेनाले जानीजानी अलेक्जान्डर मार्तेम्यानोभलाई निशाना बनाएको आरोप रुसले लगाएको छ । यस विषयमा अहिलेसम्म युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन ।
मार्तेम्यानोभलाई बोकेर गइरहेको सवारी साधनमाथि राजमार्गमा आक्रमण गरिएको इज्भेस्तियाले बताएको छ । यस घटनामा पत्रिकाका अरू पाँच जना कर्मचारी घाइते भएको भनिएको छ ।
उक्त गाडी रुसको कब्जामा रहेको गोर्लिभ्का सहरमा रिपोर्टिङ सकेर आइरहेको रुसको सरकारी समाचार संस्था रियाले भनेको छ । यस घटनामा रियाका दुई जना पत्रकार पनि घाइते भएको बताइएको छ । यस घटनालाई रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारियो जाखारोभाले जानी जानी गरिएको हत्या भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव