स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी प्रारम्भिक सूचीमा
![स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी प्रारम्भिक सूचीमा](https://npcdn.ratopati.com/media/news/audhogik_kzNisWR9mP.png)
काठमाडौँ । दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी परियोजना प्रारम्भिक सूचीमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १३१४ परियोजना प्रारम्भिक सूचीमा परेको जनाएको छ ।
उक्त कर्जा परियोजनाका लागि ५ हजारभन्दा बढी प्रस्ताव आएका छन् । चालु आर्थिक वर्ष (२०८१/०८२) मा स्टार्टअप कर्जाका लागि भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १५८ वटा प्रस्ताव प्राप्त भएको थियो । जसमध्येबाट एक हजार बढी प्रारम्भिक सूचीमा परेका हुन् । सूचीमा परेकामध्ये कृषि फाम, होस्टेल, घरेलु उद्योग, आइटी क्षेत्रलगायत रहेका छन् ।
प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो । २१ दिनको अवधि राखेर गरिएको आह्वान अनुसार भदौ ३१ गतेसम्म ५ हजार १५८ प्रस्ताव प्राप्त भएको थियो ।
सरकारले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ। सो कार्यक्रमबाट ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म