ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धुर्व रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी