मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

आइतबार, २१ पुस २०८१, १३ : २३
आइतबार, २१ पुस २०८१

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

  • रूपन्देही, मायादेवी गाउँपालिका-४ मोतिपुरस्थित सडकमा एएस २६ एसी २५३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • चितवन, भरतपुर महानगरपालिका-७ बंसिचोकस्थित सडकमा रा.४ प ८१५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रामेछाप मन्थली नगरपालिका-११ घर भएका ४१ वर्षीय लोक बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ बत्रौलीस्थित सडकमा लु.९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-५ बस्ने १८ वर्षीय दीप प्रजापतिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
  • झापा, मेचीनगर नगरपालिका-६ फाइरिङ चोकस्थित सडकमा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कर्पियोको ठक्करबाट सोही नगरपालिका-६ साठिबिगा बस्ने ५८ वर्षीया माला थापाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप