भागदौड कान्डः अल्लु अर्जुनले दुई महिनासम्म थानामा हाजिरी लगाउनै पर्ने
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले हरेक हप्ता आइतबार प्रहरी थानामा हाजिरी गर्नै पर्ने भएको छ । उनको फिल्म पुष्पा २ को विशेष शोको क्रममा भएको भागदौड र महिलाको मृत्युको मामिलामा अभिनेताले प्रहरी थानामा हाजिरी गर्नु पर्ने भएको हो ।
यस मामिलामा अल्लुलाई जनवरी ३ मा एउटा अदालतले नियमित जमानत दिएको थियो । अदालतको निर्देशनअनुसार अभिनेता हरेक आइतबार बिहान १० बजेदेखि १ बजेसम्म अनुसन्धान अधिकृतसमक्ष हाजिर हुनुपर्नेछ । यो क्रम दुई महिना वा आरोपपत्र दायर नभएसम्म जारी रहने बताइएको छ ।
सञ्चारमाध्यमका अनुसार यसबाहेक अदालतले अभिनेतालाई अदालतको पूर्वसूचना बिना आफ्नो आवास ठेगाना परिवर्तन नगर्न पनि निर्देशन दिएको छ । पूर्व अनुमति बिना देश छाड्न पनि उनीमाथि रोक लगाएको छ । यो मामिला नसल्टिँदासम्म यी सबै सर्तहरू लागू हुनेछन् ।
के हो मामिला ?
गएको डिसेम्बर ५ मा हैदराबादको सन्ध्या थिएटरमा पुष्प २ को विशेष प्रिमियर थियो । उक्त प्रिमियरमा अल्लु पनि पुगेका थिए । हलबाहिर अभिनेतालाई हेर्न फ्यानहरूको थेगिनसक्नुको भीड थियो । यसै क्रममा भीडमा भागदौड मच्चियो र एक जना ३५ वर्षीया महिलाको ज्यान गयो । यस घटनामा महिलाको आठ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । उनी अहिले पनि अस्पतालमा आईसीयूमा छन् ।
यस दुर्घटनापछि अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेशनमा मुद्दा दर्ता भएको थियो । मृतक महिलाको परिवारको उजुरीका आधारमा भारतीय न्याय संहिताको विभिन्न धारा अन्तर्गत आरोप दर्ता भयो । यही मामिलामा अल्लु अर्जुनलाई डिसेम्बर १३ मा पक्राउ गरिएको थियो । तर, तेलंगाना उच्च अदालतले उनलाई डिसेम्बर १४ मै अन्तरिम जमानत दियो । अल्लुको जमानत जनवरी १० मा सकिदैंछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई हटाउने रणनीतिका साथ अघि बढे ऊर्जामन्त्री, देउवाको पनि ‘ग्रिन सिग्नल’ !
-
नाबालिग खेलाडीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रशिक्षक पक्राउ
-
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
थप ५७ हिमालको आरोहण खुल्यो (सूचीसहित)
-
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते