‘बलिदान’ छायाङ्कनका लागि कालिमाताको भव्य मूर्ति निर्माण

काठमाडौँ । फिल्मका लागि खुलेरै लगानी गर्ने निर्माता हुन् सन्तोष सेन । उनी फिल्मका लागि कहिले भव्य सेट बनाउँछन् त कहिले विदेशका महँगो लोकेसन देखाउँछन् । सेनले अहिले मोरङमा कालिमाताको भव्य मूर्ति तयार गरेका हुन् ।
फिल्म ‘बलिदान’ को छायाङ्कनका लागि उनले उक्त मूर्ति बनाएका हुन् । उनले बनाएको मूर्ति दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो छ ।
मूर्ति मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा तयार गरिएको हो । फिल्मको छायाङ्कन भइसकेपछि उक्त मूर्ति त्यतिकै राखिएको छ । उक्त मूर्ति राखिएको स्थान ‘काली चौर’ का रूपमा परिचित बन्दै सर्वसाधारणको भिड समेत लाग्न थालेको सेनको भनाई छ ।
फिल्मको कथाअनुसार मूर्ति तयार गरेको सेनले बताए । ‘देशभर खोजी गर्दा पनि फिल्मका लागि उपयुक्त मूर्ति नभेटेपछि भारतको कलकत्ताबाट कालिगड बोलाएर मूर्ति तयार गरेको हो’, सेनले भने ।
निर्देशक सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन पूरा भइसकेको छ । फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ ।
‘आसुसेन फिल्म्स प्रा.लि.’को प्रस्तुति रहेको फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?