संविधान परिमार्जनमा सुझाव दिन परियारको नेतृत्वमा रास्वपाले बनायो कार्यदल
आइतबार, २१ पुस २०८१, १२ : ४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ।
पार्टीको जारी दोस्रो दिनको केन्द्रीय समिति बैठकले कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले बताएअनुसार यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ।
परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन् ।
यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो