प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि केन्द्रीय समिति बैठकमा प्रचण्डले दस्ताबेज पेस गर्ने
![प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि केन्द्रीय समिति बैठकमा प्रचण्डले दस्ताबेज पेस गर्ने](https://npcdn.ratopati.com/media/news/maoist-meeting_6ugWMr7xM9.jpg)
काठमाडौँ । दिउँसो १ बजे सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति दस्ताबेज पेस गर्ने भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।
सापकोटाका अनुसार उद्घाटनका बेलामा अध्यक्ष प्रचण्डले समसामयिक विषयमा बैठकलाई ब्रिफिङ गर्नेछन् । प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने र त्यसपछि मात्र प्रचण्डले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उनले बताए । यस्तै आजको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे छलफल केन्द्रित हुने उनले जानकारी दिए ।
‘स्थायी समिति बैठकमा सङ्गठनात्मक सिद्धान्तबारे छलफल भयो । अहिलेसम्म हामीले सामान्यत: मालेमावादको सिद्धान्त मानेर आइरहेका छौं । अहिलेको विज्ञान र प्रविधिको जमानामा नयाँ सङ्गठनात्मक सिद्धान्त आवश्यक रहेकोबारे छलफल भएको । यसलाई क्रमभङ्ग गरेर जानुपर्छ भन्नेमा छलफल भएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस