विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कविता सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कवि विष्णु थापा ‘बिछोड’को कविता सङ्ग्रह ‘नीलो माईक्रोजस्तो नदी’को लोकार्पण भएको छ । शनिबार वरिष्ठ समालोचक प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौँमा आयोजित एक कार्यक्रममा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका हुन् । आफ्ना कवितामा विष्णु इमानदार भएको रामप्रसाद ज्ञवालीले भने । कवि र समालोचकबिच दुरी बढ्नु नहुने पनि उनले बताए ।
कवि लेखकहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालले गरेका थिए । कार्यक्रममा डा कौशिला रिसाल, विजयध्वज थापा, रामेश्वर श्रेष्ठ ’शैलेन्द्र’, डा गोविन्दमान सिंह कार्कीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विनोद मन्जन, प्रोल्लास सिन्धूलीया आदि सािहत्यकारहरूले कृतिमाथि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन कवि सुशीला खड्का ‘हसिना’ले गरेकी थिइन् । राधा दुलाल कार्की र भुवन सिवाकोटीले विमोचित कृतिबाट कविता वाचन गरेका थिए । ‘नीलो माईक्रोजस्तो नदी’मा ४८ वटा कविताहरू सङ्ग्रहीत छन् । यो कवि थापाको दोस्रो कविता सङ्ग्रह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र