कृष्ण भक्तलाई विष्णुभक्त रंगकर्मी पुरस्कार

काठमाडौँ । विष्णुभक्त–तारादेवी गुठीले वरिष्ठ रंगकर्मी तथा कलाकार विष्णुभक्त फुयाँलको नाममा स्थापित ‘विष्णुभक्त रंगकर्मी पुरस्कार २०८१’ कलाकार एवं नाट्यकर्मी कृष्णभक्त महर्जन र तारादेवी छात्रबृद्धि स्यानलिना श्रेष्ठलाई प्रदान गरिएको छ ।
विष्णुभक्त फुयाँलको आठौँ स्मृति दिवसको अवसर पारेर विष्णुभक्त–तारादेवी गुठीले एक विशेष कार्यक्रम सहित पुरस्कार र छात्रवृत्ति प्रदान गरेको हो ।
कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वैकुण्ठ भण्डारीले तीन दशकभन्दा बढी नेपाली रगंमञ्च तथा अभिनय क्षेत्रमा क्रियाशील रहेका महर्जनलाई यस वर्ष २५ हजार नगद सहित सम्मान गरिएको बताए ।
त्यस्तै तारादेवी छात्रवृत्ति छनौट समिति सुप संस्थाका संस्थापक गुजेश्वरी श्रेष्ठले हरेक वर्ष गुठीले विपन्नवर्गका विद्यार्थीहरूलाई ११ र १२ कक्षाका लागि दिँदै आएको र यो वर्ष सुपले स्यानलिना श्रेष्ठलाई छनौट गरिएको जानकारी दिए ।
कार्यक्रममा गुठीका अध्यक्ष विमल फुयाँलले आफ्ना पिताले २०१९ साल पहिलो पटक दिल्लीबाट फर्केपछि नेवारी नाटकमा अभिनय गरेको स्मरण गर्दै श्रम र शिक्षाको क्षेत्रमा नाटकमा माध्यमबाट नागरिकलाई उत्प्रेरणा जगाउने काममा सक्रिय रहेको बताए ।
यसअघि कलाकार राजेन्द्र गड्तौला, लक्ष्मण सिंह बस्नेत, रमेश केसी मट्टारे, रामचन्द्र अधिकारी, पल्पसा डङ्गोल र लक्ष्मी गिरीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।
कलाकार फुयालको २०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको नाटक ‘महर्षी यज्ञबल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दै निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस