मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

कृष्ण भक्तलाई विष्णुभक्त रंगकर्मी पुरस्कार

आइतबार, २१ पुस २०८१, १२ : १५
आइतबार, २१ पुस २०८१

काठमाडौँ । विष्णुभक्त–तारादेवी गुठीले वरिष्ठ रंगकर्मी तथा कलाकार विष्णुभक्त फुयाँलको नाममा स्थापित ‘विष्णुभक्त रंगकर्मी पुरस्कार २०८१’ कलाकार एवं नाट्यकर्मी कृष्णभक्त महर्जन र तारादेवी छात्रबृद्धि स्यानलिना श्रेष्ठलाई प्रदान गरिएको छ । 

विष्णुभक्त फुयाँलको आठौँ स्मृति दिवसको अवसर पारेर विष्णुभक्त–तारादेवी गुठीले एक विशेष कार्यक्रम सहित पुरस्कार र छात्रवृत्ति प्रदान गरेको हो । 

कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वैकुण्ठ भण्डारीले तीन दशकभन्दा बढी नेपाली रगंमञ्च तथा अभिनय क्षेत्रमा क्रियाशील रहेका महर्जनलाई यस वर्ष २५ हजार नगद सहित सम्मान गरिएको बताए ।

त्यस्तै तारादेवी छात्रवृत्ति छनौट समिति सुप संस्थाका संस्थापक गुजेश्वरी श्रेष्ठले हरेक वर्ष गुठीले विपन्नवर्गका विद्यार्थीहरूलाई ११ र १२ कक्षाका लागि दिँदै आएको र यो वर्ष सुपले स्यानलिना श्रेष्ठलाई छनौट गरिएको जानकारी दिए ।

कार्यक्रममा गुठीका अध्यक्ष विमल फुयाँलले आफ्ना पिताले २०१९ साल पहिलो पटक दिल्लीबाट फर्केपछि नेवारी नाटकमा अभिनय गरेको स्मरण गर्दै श्रम र शिक्षाको क्षेत्रमा नाटकमा माध्यमबाट नागरिकलाई उत्प्रेरणा जगाउने काममा सक्रिय रहेको बताए ।

यसअघि कलाकार राजेन्द्र गड्तौला, लक्ष्मण सिंह बस्नेत, रमेश केसी मट्टारे, रामचन्द्र अधिकारी, पल्पसा डङ्गोल र लक्ष्मी गिरीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

कलाकार फुयालको २०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको नाटक ‘महर्षी यज्ञबल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दै निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप