‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप

काठमाडौंँ । आगामी माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को ‘के भरोसा गरम’ गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता प्रदीप खड्कालाई दुई नायिका आना शर्मा र दिव्या रायमाझीसँगको प्रेममा देखाइएको छ । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा रहेको अनुमान गर्न सकिन्छ ।
गीतको भिडियोले फिल्ममा प्रदीप दोहोरो भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । प्रदीप अभिनेत्री आनासँगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकामा देखिएका छन् । हर्कुलस बस्नेत र इन्दिरा जोशीको स्वर रहेको गीतमा उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत छ । गीतमा किरण थापाको कोरियोग्राफी रहेको छ । राजन भुसाल निर्देशित ‘एक्टरः टेक वन’ को लेखन आकाश बराल र राजन भुसालले सहकार्यमा तयार पारेका हुन् ।
फिल्ममा प्रदीप, आना र दिव्याका अलवा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारको मुख्य भूमिका छ । अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की र सह–निर्माता अनिश भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
-
चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला