तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध
आइतबार, २१ पुस २०८१, १० : ३१

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।
तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ ।
भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?