राष्ट्रपति, उपराष्ट्रपति र सभामुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु पश्चगामी : न्यौपाने
आइतबार, २१ पुस २०८१, ०९ : २६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले निश्चित जिम्मेवारी, उमेर र अवधि पूरा गरेपछि सक्रिय पार्टीको सङ्गठनात्मक जीवनबाट बिदा अनिवार्य हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले थप भनेका छन्– पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय सङ्गठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ ।
सक्रिय सङ्गठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्ने भन्दै उनले सङ्गठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश नहुने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क