प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले ठुलो परिमाणमा मदिरा जन्य पदार्थ नष्ट गरेको छ। टोलीले मदिरा उत्पादनमा प्रयोग गरिने सामानसमेत बरामद गरेको छ ।
प्रहरी टोलीले गौर नगरपालिका ५ स्थित अवैध रूपमा सञ्चालित ३ वटा रक्सी भट्टीमा शनिवार छापा मारी ७ सय लिटर तयारी मदिरा र २८ सय लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए।
सो क्रममा मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद गरिएको छ ।
बरामद मदिराजन्य सामान स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
-
ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
-
शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल