लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक

रसुवा । रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ निवासी लोकेन्द्र तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली 'कति राम्रो चालमाला' सार्वजनिक गरेका छन् ।
गीत लोकेन्द्र तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। रसुवाको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक पक्षलाई उजागर गर्ने यस गीतले स्थानीय क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गीतमा हस्त तामाङ गोलेको शब्द र सङ्गीत रहेको छ। सङ्गीत निर्माता सञ्जीव बराइलीले गीतलाई उत्कृष्ट बनाएका छन् भने वाङच्यु फ्युबाको मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ। मदन रेग्मीले मादल, रत्न बि।के।ले बासुरी, र सञ्जीव बराइलीले गिटार तथा बन्जोमा सङ्गीत प्रदान गरेका छन्।
गीतको भिडियोमा लोकेन्द्र तामाङ र सृष्टि तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। निर्देशन वीरेन तितुङले गरेका हुन्। सिनेम्याटोग्राफी र ड्रोन सञ्चालनमा समेत वीरेनकै संलग्नता रहेको छ। भिडियो सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका छन् भने नयाँ पाना फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी पूरा गरेको छ।
रसुवाको नगथालि क्षेत्रका रमणीय दृश्यलाई समेटिएको गीतले स्थानीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा मद्दत पुर्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण